‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’ बाट सञ्जय रानाभाट पुरस्कृत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । समाधान संवाददाता सञ्जय रानाभाटलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीले गाउँ पर्यटन पत्रकारिता पुरस्कार पत्रकार प्रदान गरेको छ ।

भिटोफ गण्डकीको नवौं साधरणसभा तथा चौंथो अधिवेशनमा अवसर पारेर बिहीबार रानाभाटलाई पुरस्कार प्रदान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, भिटोफका केन्द्रीय अध्यक्ष गोपाल थापा र गण्डकी अध्यक्ष उदय सुवेदीले बिहीबार अर्मलाकोटमा आयोजित कार्यक्रममा रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । प्रत्येक २ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ छ ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएबापत रानाभाटलाई पुरस्कार प्रदान गरेको भिटोफ अध्यक्ष सुवेदीले बताए । २०७८ सालदेखि समाधान दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार रानाभाटसँग हिमाल खबर डटकम, रातोपाटी डटकममा पोखरा संवाददाता भएर काम गरेको अनुभव पनि छ । पोखरा १४ का बासिन्दा रानाभाट स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्