पोखरा । आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहा ! रारा पाेखरा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१ ले हरायो ।
थ्री स्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । सहाराका आशिष गुरुङले १ गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलमा पहिलो गोल गरेका थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् ।
शनिबार हुने क्वार्टरफाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ ।
प्रतियाेगिताकाे दोस्रो खेल भोलि बुधबार राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।










