
सुरज श्रेष्ठ,पोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ ।
भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा बिहिबार सम्पन्न भएको भलिबल प्रतियोगितामा पेन्सन वितरण कार्यालय (पिपिओ ) लाई ३ –१ सेटमा पराजित गर्दे च्याम्पियन बनेको हो ।
पहिलो सेटमा २५–२३ को जित निकाल्दै मैदान प्रवेश गरेको पिपिओले लगातार ३ सेट २५–२०,२५–१४ र २५–२२ मा हार्दे उपविजेतामा चित्त बुझाउन पर्यो ।
च्याम्पियन बने संगै १/५ जिआरले नगद ५० हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेताले नगद ३५ हजार र शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
पाँचौ संस्करणको भूपू अन्तर बटालियन भलिबल प्रतियोगितको समापन कार्यक्रममा रिटार्यड मेजर गम बहादुर गुरुङ,गोर्खा बिग्रेड भूपू समितिका अध्यक्ष रिटार्यड कर्नेल कृष्ण बहादुर खत्री,एभरेष्ट बैकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम,नेपाल एसबिआई बैकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गुरुङ,भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेल लगायतले पुरस्कार वितरण गरेका थियो ।
फागुन ९ गते देखि शुरु भएको प्रतियोगितामा १९ टिमले भाग लिएका थियो । प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार क्रमश नेपाल एसबिआई र एभरेष्ट बैकले प्रायोजन गरेका थिए ।