कास्की, मादी गाउँपालिका भाचोकमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । मादी वडा नं १० भाचोकको आयोजनामा भएको आँखा शिविरमा २ सय ५ जनाले आँखा परिक्षण गराएका छन ।
हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको निःशुल्क आँखा शिविरमा आवश्यक पर्ने सबैलाई चस्मा एंव औषधी निःशुल्क प्रदान गरिएको स्थानिय संयोजक विकास गुरुङले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मादी १० का वडा अध्यक्षले कार्यक्रमको उद्धाटन गर्दै मानव जिवनमा आँखाको महत्व अत्यन्तै ठुलो रहेको हुदाँ स्वास्थ्य क्षेत्र प्रति हामी सदैव सचेत छौ । उनले भने । साथै स्वास्थ्य सेवा सर्वसाधरणको पहुुचमा सहज बनाउन लागि परेको बताए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोपाल चन्द्र बराल, स्थानिय संयोजक विकास गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा आँखा परिक्षण गराउन आएका बिरामीहरु मध्य ६ जनालाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको र उनीहरुको उपचारको क्रममा लाग्ने सम्पुर्ण खर्च वडाले खर्च गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
हिमालयन आँखा अस्पतालका प्राविधिक गौरि गुरुङ, साधना माझाकोटी, गरिमा लौडारी, मेधा गुरुङले शिविरमा सहजीकरण गरेका थिए ।
सोही वडाका स्वास्थ्यकर्मी विवेक चापागाई,लम्तरी युवा क्लवका अध्यक्ष दिर्घ गुरुङ,आमा समूह, बा समूहहरुको पनि प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रममा समाजसेवी डढुवा, लम्जुङ्गका दुर्गा बहादुर गुरुङ, लुम्दी–८ मादीका आस बहादुर थापा, पोखरा–१२ का विमला गुरुङ,सविता गुरुङले आर्थिक सहयोग गरेका थिए ।