
पोखरा । कास्कीकाे अन्नपूर्ण गाँउपालिकाकाे सल्यानमा धान खेति स्मवन्धी तालिम शुरु भएकाे छ ।
अन्नपूर्ण गाँउपालिका वडा नं ४ र कृषि शाखाको आयोजनामा धानमा प्रविधिको प्रयोग विषयक धान खेति सम्वन्धी तालिम आइतवारदेखि शुरु भएको हाे ।
पालिका प्रमुख विष्णुबहादुर केसीले तालिमले प्रविधि मैत्री कृषि प्रणाली अपनाउदा लागत कम र उत्पादन बढी हुने अपेक्षा व्यक्त गरे ।
कृषिबाट आर्थिक रुपान्तरणका लागि गाँउपालिका लागि परेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धित तालिमहरू पनि सञ्चालन गर्ने प्रतिबद्धता गरे ।
पर्यटकिय तथा पर्यावरणीय गाउँ भएकाले थोरै लगानीमा धेरै उत्पादन लिन सकिने खेतिहरु गर्न पालिकाले सहयोग गर्ने बताउँदै उनले ‘कृषि,पर्यटन, उर्जा र पूर्वधारः अन्नपूर्णको समृद्धिको आधार’ भन्ने मुल मन्त्रलाई पालिकाले सधैं आत्मसात गर्ने बताए ।
पालिका उपप्रमुख चन्दकला अधिकारी, धान खेतिमा प्रविधिको प्रयोगले किसानलाई खेति गर्न सहज हुने बताइन् ।
अन्नपूर्ण ४ का अध्यक्ष आइन्दल गुरुङले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे । उनले तालिम प्रश्चात यस वडाका कृषकहरुले थप प्राविधिक र आधुनिक तबरले खेति गर्ने विश्वास व्यक्त गरे ।
तालिममा ४० जना किसानहरुको सहभागिता रहेको थियो भने कृषि शाखाका कार्यालय प्राविधिकहरुले प्रशिक्षण दिने छन् ।
अन्नपूर्णका कृषकलाई सिप र प्रविधिमैत्री खेति गर्न प्रोत्साहन गर्नका लागी आयोजना गरिएको २ दिने धान खेति तालिम सोमवारसम्म चल्नेछ ।