
हेमजा । देवीस्थान सेवा समाजकाे साताैं साधारणसभा हालै सम्पन्न भएकाे छ ।
पाेखरा २५ मा रहेकाे समाजले विष्णुपादुका माईस्थान (देवीस्थान) मन्दिरमा साधारण सभा गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि पाेखरा २५ मा रहेकाे विष्णुपादुका माइस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चुडामणी तिम्सिनाले समितिले गरेका सामाजिका कार्यहरुकाे प्रशंसा गर्दै समितिकाे साथ सहयाेग सदैव रहिरहने बताए ।
कार्यक्रममा देवीस्थान सेवा समाजका संस्थापक अध्यक्ष विष्णुप्रसाद तिम्सिना, विष्णुपादकुा टाेल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठ, संस्थाका सल्लाहाकारद्वय विरबहादुर भण्डारी र झपटबहादुर भण्डारीले हेमजा क्षेत्रमा संगठित भएका विभिन्न सामाजिक संघ संस्थाहरुले एक आपसमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जाेड दिए ।
देवीस्थान सेवा समाजका अध्यक्ष प. हरिशरण पाैडेलले समाजका गतिविधिहरु अघि बढाउनका लागि सबैकाे साथ सहयाेगकाे अपेक्षा रहेकाे बताए ।
कार्यक्रममा समाजका काेषाध्यक्ष चन्द्रकला पाेख्रेलले आर्थिक प्रतिवेदन र सचिव विष्णु भण्डारीले प्रगति प्रतिवेदन पेश गरेकी थिईन् ।
कार्यक्रममा समाजमा नव प्रवेश आजिवन सदस्यहरुलाई स्वागत गरिएकाे थियाे ।
समाजका सहसचिव अञ्जिता भण्डारी तिम्सिनाले सञ्चालन गरेकाे कार्यक्रमकाे स्वागत उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले गरेका थिए । समाजमा हाल ७५ जना भन्दा बढी आजिवन सदस्य छन् ।
समाजले वर्षेनी गर्दै आईरहेकाे हिले महाेतसवकाे तयारी स्वरुप शनिवार आम भेलाकाे आयाेजना समेत गरेकाे छ ।