पाेखरा । पोखराको पृथ्वीचोक बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफू अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुख हैरानी दिनेहरु सात जना पक्राउ परेका छन् ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी बसन्त शर्माले जानकारी दिए ।
पक्राउ पर्नेहरु निम्नानुसार छन्ः
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.४ बस्ने वर्ष ३८ को यम बहादुर बि.क.,
२. ऐ. वडा नं ९ बस्ने वर्ष २८ को सागर क्षेत्री,
३. ऐ. ऐ. बस्ने वर्ष २९ काो बिक्रम सुनार,
४. ऐ.ऐ. बस्ने वर्ष २४ को अर्जुन सेन्चिरी,
५. ऐ.ऐ. बस्ने वर्ष २० को लक्ष्मण सिंह,
६. ऐ.ऐ. वडा नं ७ बस्ने वर्ष २२ को बिकाश श्रेष्ठ,
७. ऐ.ऐ. वडा नं २६ बस्ने वर्ष २८ को साजन परियार ।










