चक्रदेवी सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्था तोडफोड गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

 मंगलवार दिउँसो २ वजे इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले तोडफोडमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे ५ रिवान बस्ने बर्ष ३६ को प्रकाश वि.क., झापा भद्रपुर ३ बस्ने वर्ष ४० को राजिव प्रसाई, पाेखरा २७ लेखनाथ वस्ने वर्ष ४२ को गणेश शाही,

साेहि ठाउँका वर्ष २९ को समिन बि.क, वर्ष २७ को संजिप सुनार, वर्ष ५२ को यमबहादुर चौरेली, वर्ष ४९ की कृष्ण कुमारी चौरेली, रुपन्देही ११घर बताउने वर्ष ४७ की कमला चन्द र नवलपरासी घर बताउने वर्ष ४२ की बिष्णु बोहरा रहेका छन् ।

निजहरुले सहकारीका कर्मचारी माथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएको प्रहरीले जनाएकाे छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्