पोखरा ।
पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा हुने प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा यही १८ र १९ गते सञ्चमलन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार अहिले १५ टिम दर्ता भइसकेको छ । सो प्रतियोगितामा दर्शकका लागि भने प्रवेश निशुल्क गरिएको छ ।
अनुमानित २५ बढी टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने थापाले बताए ।
उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् ।
खेल जीवनलाई ताजा बनाइराख्न र आपसी भाइचारालाई कायम गर्नका लागि ३५ वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको युुनाइटेड किङ्स क्लबले जनाएको छ ।










