सु-शान्त क्लवद्वारा आयाेजित बुद्विचाल खेलको तालिम सम्पन्न 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 पाेखरा । पाेखरा १७ मा रहेकाे सुशान्त क्लवद्वारा आयोजित बुद्विचाल (chess) खेलको एक महिने तालिम सम्पन्न भएको छ।

 बालबालिकाहरुको मानसिक वृद्धि विकास, मानसिक स्वास्थ्य साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालिममा १५ वर्षमुनिका ५० भन्दा बढी बालबालिकाकाे सहभागिता रहेकाे क्लवका अध्यक्ष टिकाराम पाैडेलले बताए ।

उक्त तालिमकाे अन्त्यमा सहभागिहरुबिच प्रथम बुद्धिचाल प्रतियोगिता समेत भएको छ। प्रतियाेगितामा प्रथम , द्वितिय  र तृतिय स्थान हासिल गर्ने बालबालिकालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ भने तालिममा सहभागि सम्पुर्णलाई  सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ।

 कार्यक्रममा पाेखरा १७ का वडा सदस्य विक्रम गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारी, बुद्धिचाल प्रशिक्षक रामबहादुर क्षेत्री, सुशान्त बाल क्लव,  क्लवका सल्लाहकार, क्लवका पदाधिकारीहरू, सुशान्त टोल सुधार परिवार ,सुशान्त आमा समुह परिवार  लगायतकाे सहभागिता क्लवका सचिव सगुन पाैडेलले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्