चाैंथाे हेमजा हिले महाेत्सव सकियाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनक रहयो । महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे ।

त्यहाँ स्थानीय देवीस्थान सेवा समाजले महोत्सवको चाजोपाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाशं हेमजावासी केही सबेरै समेत उठे ।करिव ९ बजे स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भएर मिलनचोक हुँदै महोत्सव स्थलमा पुगेका हेमजावासीको बाक्लो उपस्थिती देखियो।

त्यहाँ हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता भए।

महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले हेमजा प्राकृतिक सुन्दरले भरिपूर्ण रहेको चर्चा गर्दै हेमजाको खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्ने बताए ।आर्थिक उपार्जन गर्न विदेश जाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै शाहीले देशकै भूमिमा कर्म गरी अर्थोपार्जन गर्ने सपना देख्न सबैलाई सुझाव दिए ।

पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हिले महोत्सव जोडिएको धारणा राख्दै पोखरा महानगरले हिले महोत्सवलाई विशेष प्राथमिकता दिएको जनाए।

त्यस अवसरमा नेपाली कांग्रेस वडा सभापति मधुसुदन त्रिपाठी, विष्णुपादुका धार्मिक बिकाश क्षेत्रका अध्यक्ष चुडामणि तिमिल्सीना लगायतले पनि धारणा राख्दै महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

महोत्सव अन्तर्गत भएको झाँकी र्‍यालीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो तथा नेवा खलः हेमजा समूह तेस्रो भए । त्यस्तै ४० वर्ष माथिको पुरुष हिले दौडतर्फ महादेव सापकोटा पहिलो तथा प्रताप सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ मीना नेपाली पहिलो साथै रमा भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले जानकारी दिए।

त्यस्तै भाले समाउनेमा धादिङका रमेश रानामगर विजेता, विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा हेमजा बोडिङ पहिलो, विष्णुपादुका मावि दोस्रो र हेमजा बोडिङ कै समूह तेस्रो, हिले दौडमा अभिषेक बुढाथोकी प्रथम तथा उमेश विक दोस्रो भए।

त्यसैगरी रस्साकस्सी प्रतिष्पर्धामा पाटा समाज पहिलो तथा सिम्पानी समूह दोस्रो, बच्चा दौड(पुरुष)तर्फ प्रशान्त सुनार प्रथम तथा कृष्ण थापा द्वितीय, महिलामा अपेक्षा केसी पहिलो तथा यार्जा राना दोस्रो हुन सफल भए । त्यसैगरी हलगोरु दौडमा हरी परियार प्रथम, आशबहादुर परिवार दोस्रो र बुद्धिमान् गायक तेस्रो, हिले फूटबलमा विरास कुँवरको समूह पहिलो, जेनिस भण्डारीको समूह दोस्रो, रस्साकस्सी महिलातर्फ विश्वकर्मा आमा समूह प्रथम र अन्नपूर्ण आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा सुनझाक्री आमा समूह प्रथम, चापाघाट आमा समूह द्वितीय, माछापुच्छे« सेवा समाज तृतीय तथा जेष्ठ नागरिक महिला समूह सान्त्वना भएको आयोजकले जानकारी दिएको छ।

कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  कार्यक्रम संचालन उपसमितिका संयोजक परशुराम अधिकारीले गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्