धर्मस्थली आधारभुत विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । डा.राजेन्द्र प्रसाद कोइराला र डा.सुमिरा अधिकारी कोइरालाले पोखरा ५ मा रहेको धर्मस्थली आधारभुत विद्यालयलाई ५ लाख सहयोग गरेका छन् ।

धर्मस्थलीका पूर्व विद्यार्थी समेत रहेका कोईरालाले विद्यालयको समग्र विकास निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् ।

पोखरा–५, प्रस्याङ्गमा घर भई हाल अमेरिका निवासी कोईराला परिवारले डा.राजेन्द्र प्रसाद कोइराला ससुराबुबा, सहित्यकार, शिक्षाप्रेमी, समाजसेवी श्री तिर्थराज अधिकारी र सासुआमा सीता अधिकारी मार्फत सो रकम विद्यालयलाई  हस्तान्तरण गरेका हुन् ।

डा.राजेन्द्र प्रसाद कोइराला धर्मस्थली आधारभूत विद्यालयका पुर्व वि.व्य.स.का अध्यक्ष स्व. वेदनिधी कोइरालाका कान्छा छोरा एवं हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्