एमसीएल सिजन -३ : खेलाडीहरुकाे माेलमाेलाई ५ सय देखि १० हजार रुपैयाँसम्म

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छे क्रिकेट क्लबको आयोजनामा माछापुच्छे क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ ।

प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १२० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरेका छन् ।

प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लागेका छन्।।

यी टिमहरूको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कबिन सापकोटा र प्रदिप तामाङले गर्नेछन् । उनीहरुको उपस्थितीमा लेखनाथस्थित होटल डे ब्रेकमा आयोजित अक्सन समारोह मार्फत खेलाडीहरूको छिनोफानो लागेको हो ।

अक्सनमा राखिएका मध्ये केहि खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले जोडतोड प्रतिस्पर्धा गरे । विनोद नेपालीलाई पोखरा फिनिक्सले १० हजारमा खरिद गर्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले त्यति नै रकमको बिट लगाएका थिए । तर लक्की ड्र मार्फत पोखरा फिनिक्स उनलाई किन्न सफल भयो ।

विश्वास पराजुली पनि टोलीहरूको सबैभन्दा ध्यानाकर्षण गर्ने मूल्यवान खेलाडी परे। पउनीमाथि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले १० हजार रुपैयाँकै मूल्य लगाएको थियो । गोलाप्रथामा भाग्यमानि बनेको आरके भिक्टोरियनले उनलाई आफ्नों टोलिमा सहभागि गरायो । १० हजारमै बिक्री भएका गोरे जिटीमाथि पाँच टिमले समान १० हजारको बोली बोलेका थिए । गोलामा भाग्यमानि बन्दै सिएनडी वारियर्सले उनलाई खरिद गर्न सक्यो ।
त्यस्तै जस्मिन थापा क्षेत्री पनि १० हजार रुपैयाँमै विक्री भए । उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गर्यो ।

लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएको थियो । बिक्की सर्माले उद्घोष गरेको अक्सन कार्यक्रमका प्रमुख अतिथि स्याँग्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोल तानेका थिए ।
खेलाडी खरिदका लागि आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८/४८ हजार रुयैयाँ खर्च गर्दा कम रकम लगाएको फिष्टेल अपमोष्टले मात्र १३ हजार रुपैयाँ खर्चियो ।

आगामी शनिबारदेखि लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा सुरु हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख सहित ट्रफी तथा उपविजेताले नगद रु ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्