कावासोतीमा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले आफ्नो जिल्ला स्तरिय मञ्चले गरेका गतिविधिहरुलाई समेटेर प्रतिवेदन पेश गरेका थिए ।

राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र गण्डकी प्रदेश अध्यक्ष राम बहादुर लामिछाने भूमिअधिकारका समस्या समाधानमा अगुवा प्रतिनिधिहरुले सोधेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

सो अवसरमा केन्द्रिय सदस्य मनरुपा कुमाल, पुर्व केन्द्रिय सदस्य कन्या गुरुङ, समाजसेवी महेन्द्र पोखरेल, तरवाढिक गुम्बाका उपाध्यक्ष यामबहादुर मोक्ताङ लगाएतले निति तथा कानुन भूमिअधिकारबाट वञ्चितहरुको पक्षमा बनाइनु पर्ने वताए ।

उक्त कार्यक्रममा पुर्नवास कम्पनिबाट पिडितहरुले आमोदप्रमोद गरी रहेकाहरुको उचित व्यवस्थापन र पिडितहरुको माग सम्बोधन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकीका अध्यक्ष राम बहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भैरव गुरुङले र संचालन प्रेमबहादुर गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्