कास्की आदर्श समाज कतारको रक्तदान,४८ युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्कीबाट विभिन्न पेसा व्यवसाय गर्न कतार गएका नेपालीहरुद्वारा स्थापित सामाजिक संस्था कास्की आदर्श समाज कतारले पोखरामा शनिबार रक्तदान कार्यक्रम गरेको छ ।

पोखराको मानवअधिकार चोकमा भएको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको थियो ।

पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पहिलो रक्तदाता कार्यक्रम संयोजक अमृत विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

वडाध्यक्ष पराजुलीले सामाजिक सेवा कार्यमा वडा कार्यालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखराका रक्तदान अभियान्ता  तथा क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले विदेशमा रहेर पनि जन्मभूमिको माया, सामाजिक कार्य हुनु महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वर्षमा ४ पल्टसम्म रक्तदान गर्ने बानीको विकाससँगै मानवीय कार्य हुने जनाए ।

आकस्मिक रक्तदाता समूहका संयोजक नेत्र ढकालले रगतको विकल्प कुनै औषधी नभएकाले रक्तदान गर्न आह्वान गरे ।

कार्यक्रममा ब्लड क्यान्सरबाट पिडित भई बि पि मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत कास्की निवासी राममाया परियारको लागि संस्थाले १० हजार रूपैयाँ सहयाेग गरेकाे छ । सहयाेग रकम  संस्थाका आजिवन सदस्य तुल बहादुर परियारलाई शनिवार नै हस्तान्तरण गरिएको छ ।

संस्थाका अध्यक्ष अग्निधर देवकोटाले आफुले प्रबासबाट आफ्नो जन्मभूमिमा रक्तदान जीवनदान जस्तो  मानविय पुण्य कार्यको आयोजना गरि सफलतापूर्वक सम्पन्न गराउन नेपालमा अहम भूमिका निर्बाह गर्नुहुने व्यक्तित्व र रक्तदाताप्रति धन्यवाद ज्ञापन गरे ।

संस्थामार्फत मानवीय सहयोग, स्वास्थ्य, शिक्षाका विविध कार्यक्रम गरिँदै आएको सहसचिव हंशराज ढकालले बताए ।

कास्की आदर्श समाज नेपालका अध्यक्ष कास्की आदर्श समाज कतारको पुर्वअध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा  संस्थाका सचिव तिलकशाली सापकोटा, नारायणी भण्डारीले लगायतले आ आफ्ना भनाई राखेका थिए ।

 कार्यक्रममा संस्थाका ऋषिराम विश्वकर्मा,प्रेम रसाइली,जिवन विश्वकर्मा,चिरन्जिबी अधिकारी, शिव कुवँर, बाबुराम थापा, मन बहादुर कुवँर, विकास बराल, गोबिन्द कार्की, बिना विश्वकर्मा, रुकु लम्साल, तिलक सापकोटा, हंसराज ढकाल लगायतको सकृय सहभागिता रहेकाे  थियाे भने  समाजसेवी नारायणी थापा भण्डारीले कार्यक्रममा सहजीकरण गरेकी थिईन् ।

  “कास्की आदर्शको चाहना सभ्य र सम्बृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ् सन् २००२ मा स्थापित समाजको हाल ४० भन्दा बढी देशमा शाखा कार्यालय विस्तार छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्