पोखरा । माछापुच्छ्रे गाउपालिका-४ लाहाचोकमा रहेकाे जनजागरण आधारभुत सामुदायिक विद्यालयमा दुई लाख ५४ हजार रुपैयाँकाे अक्षयकाेष स्थापना भएकाे छ ।
समाजसेवी अजित नेपालीले विद्यालयमा आयाेजित विशेष कार्यक्रममा अक्षयकाेष स्थापना गरेका हुन् ।
साे अवसरमा विद्यालयले विद्यालयलाई सहयाेग गर्ने विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरेकाे छ ।
सम्मानित हुने संस्थाहरुमा लाहाचोक साना किसान सहकारी, नीतिप्रेस मिडिया र उजेली केयर रहेका छन्।
सम्मानित हुने व्यक्ति तथ संघसंस्थाले नगद तथा जिन्सी, स्टेशनरी सामानहरु, न्यानाे कपडा लगायत विभिन्न तवरबाट विद्यालयलाई सहयाेग गरेका थिए ।
जनजागरण आधारभुत सामुदायिक विद्यालयका प्राध्यानाध्यापक भिमलाल अधिकारीले सहयाेगी मनहरुप्रति आभार व्यक्त गरे ।










