आमाद्वारा छोराको कन्सल्टेन्सी सेवाको शुभारम्भ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा सोमबार एक नवप्रवर्तक कन्सल्टेन्सी सेवा सुरु भएको छ। बराह एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालक सन्तोष कुइकेलले आफ्नी आमा विष्णु माया कुइकेललाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरी रिबन काटेर व्यवसायको औपचारिक शुभारम्भ गरे।

कार्यक्रममा प्रमुख अतिथी विष्णु माया कुइकेलले छोराको व्यवसायको सफलताको कामना गर्दै यसको भविष्य उज्जवल हुने विश्वास व्यक्त गरिन्। त्यस्तै, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनका लागि वातावरण तयार गर्न सकिएमा कन्सल्टेन्सी व्यवसायको भविष्य सुनिश्चित हुने बताए।

कार्यक्रममा रुपाकोट सुन चाँदी पसलका संचालक दशरथ सुनार, नगेन आर्ट एकेडेमीका नगेन सिंह ठकुरी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देवी कुइकेल, लायन्स क्लब ३२५ एमकी जोन चियर पर्सन लक्ष्मी कोइरालालगायतले पनि शुभकामना व्यक्त गरे।

संचालन सन्तोष कुइकेलको अध्यक्षतामा भएको यस कार्यक्रममा स्वागत मित्रता बहुउद्देश्यीय समाजका खवुद्धिराज भट्टराई र सञ्चालन प्रफेक्ट प्रिन्टिङ तथा एकेडेमीका प्रबन्ध निर्देशक नविन श्रेष्ठले गरेका थिए।

शुभकामना र अपार आशा सहित नयाँ कन्सल्टेन्सीको यात्रा सुरु भएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्