सम्पदा सरसफाई अभियानः केदारेश्वर महादेव मन्दिर परिसर सरसफाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियान अन्तर्गत आज फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाई अभियान अन्तर्गत यसपटक केदारेश्वर मन्दिर परिसर छनौट गरिएको कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले बताउनुुभयो ।

राष्ट्रसेवक कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने कुरालाई आत्मसात गर्दै महिनाको एक दिन पोखरा क्षेत्र भित्रका सम्पदास्थलहरू सरसफाई गर्ने अभियान सञ्चालन गरिएको उहाँले बताउनुुभयो ।

कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस अभियानले आम सर्वसाधारणमा सम्पदा सरसफाई प्रतिको सचेतना अभिबृद्धि गराउने विश्वास व्यक्त गर्नुभयो ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सम्पदास्थलको सरसफाई सबैको सामुहिक दायित्व भएको उल्लेख गर्दै केन्द्रले सञ्चालन गरेको अभियान स¥हानीय भएको बताउनुुभयो ।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका प्रतिनिधि, स्थानीय आमा समूह लगायतको उपस्थिति थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्