
पाेखरा।संसदीय पत्रकार मञ्च गण्डकीकाे शनिबार पाेखरामा सम्पन्न तेश्राे वार्षिक साधारणसभा तथा दाेश्राे अधिबेशनले भरत काेईरालाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ।
समितिकाे उपाध्यक्षमा अमृत सुवेदी,सचिवमा राेहितराज पराजुली,काेषाध्यक्षमा तारा चापागाईं दुवे र सहसचिवमा युवराज श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा प्रकाश ढकाल , बासु पौडेल, बिशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश) , उमेश पुन मगर चयन भएका छन् ।