प्रथम पर्वतीय दौड प्रतियोगिताको आय व्यय सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगिता २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा गत असोज १२ गते पोखरामा आयोजना भएको उक्त प्रतियोगिताको प्रा.लि.ले आज(शुक्रबार) प्रेस विज्ञेप्ति मार्फत आय व्यय सार्वजनिक गरेको हो ।

विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवसको सन्र्दभमा खेल पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताबाट विभिन्न संघ संस्था तथा व्यक्तिबाट २ लाख ५८ हजार ७ सय ५२ रुपैया आम्दानी भएको भएको प्रा.लि.ले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४ लाख ४ हजार ८ सय २० रुपैया खर्च भएको प्रा.लि.का अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए ।

उक्त प्रतियोगिताबाट १ लाख ४६ हजार ६८ रुपैया नोक्सान भएको उनले जनाए । उक्त प्रतियोगितालाई सफल पार्न विभिन्न संघ संस्थाबाट १ लाख ५२ हजार ६८ रुपैया उठ्न बाँकी रहेको संयोजक बरालले जनाए ।

पोखरा क्लिक प्रालिले पोखरा २२ (पुम्दी भुम्दी) ले आयोजना गरेको उक्त ८ किलोमिटर पर्वतीय दौडमा नर्वेका दुई महिला धावक सहित ७९ जना धावकहरुले सहभागि भएका थिए ।

अनलाइन फार्म मार्फत ३ देश (नेपाल सहित वेलायत, ब्राजिल) का १ सय ५ जनाले नाम दर्ता गराएका थिए तर प्रतिकुल मौसम अघिल्लो दिन देखि बर्षाद भएको कारण असोज १२ शनिबार बिहान निर्धारित समय भन्दा केही ढिलो दौड सुरु भएको थियो । प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लवका निरोज भट्ट क्षेत्रीले जिते । उनले उपाधि सहित २५ हजार पुरस्कार प्राप्त गरे । सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी दोश्रो, पोखरा–१७ का प्रकाश थिँक तेश्रो भए । उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा महिलातर्फ काभ्रेको चौताराका नितु तामाङले उपाधि जितिन । प्रतियोगितामा १६ वर्षमूनि खेलाडीहरुको प्रतिष्प्रर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले उपाधि जिते । तीन वटा विधामा बिजेता भएका धावकहरुलाई जनही ७÷७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमलाई गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा २२ को वडा कार्यालय, नेलम्बो नेपाल, मादी गाँउपालिका, नेपाल भूतभूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रिय आमा समुह, अटो वेज प्रा.लि., पोखरा ६ को वडा कार्यालय, वाई यू के सुपर मार्केट, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तुपः समिति, सहारा क्लव, परिचय एड्भटाइजिङ, बुम्याङ रेष्टुरेण्ट, होटल बाराही, पोखरा ८ को वडा कार्यालय, बराल पार्टी प्यालेस, नेपाल हवाई खेलकुद संस्था ना लगायतको सहयोग रहेको छ । यस कार्यक्रमलाई पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड तथा पोखरा पर्यटन परिषदले प्रवर्द्धन गरेको थियो ।

आगामी दिनमा अझ भव्य र सम्भ रुपमा उक्त प्रतियोगिता आयोजना गर्ने संयोजक बरालले जनाए । सम्पूर्ण सहयोगी दाताहरु प्रति संयोजक बरालले धन्यवाद तथा भाभार व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्