
पोखरा । नेपाल कम्युनिष्ट पाटी (नेकपा) एमाले पोखरा वडा कमिटी ७ को अध्यक्ष कमरेड अनिल कुमार शाही दोस्रो चयन भएका छन् । शनिवार सम्पन्न कमिटीको दोस्रो अधिवेशनले अध्यक्षमा शाहीसहित ३७ सदस्यीय वडा समिति सवसम्मत चयन गरेको छ ।
गण्डकी प्रदेशका सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य भिम कार्की अधिवेशनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा वडाको विगतदेखि वर्तमानसम्मको ईतिहास समेटेर वडा दर्पणको विमोचन विमल बरालले गरेका थिए भने कार्यक्रममा पार्टीलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कमिटीले घारीपाटनमा रहेको सबै सदस्यहरू पुर्णरूपमा अपाङ्ग भएका परिवारलाई नगद सहयोग समेत गरेको छ ।