
पाेखरा । सुनाैलाे नेपालद्वारा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी पुरस्कृत भएकाे छ ।
गण्डकी प्रदेशको पर्यटन क्षेत्रको समृद्धि र अर्थतन्त्रमा पुर्याएकाे योगदानको कदर गर्दै पाेखरामा आयोजित ‘पर्यटन र अर्थतन्त्रको उन्नति’ कार्यक्रममा पुरस्कृत गरेकाे हाे ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले संघर्ष र परिश्रमको फलस्वरूप गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा नयाँ पथ खोल्न सफल भएकाे बताए ।
‘हामीले पैदल यात्राका मार्गहरूको समृद्धि र नयाँ पर्यटकीय स्थानहरूको खोजीमा कठिन चुनौतीहरू पार गरेका छौं । जसले आज टान गण्डकीलाई नयाँ उचाइमा पुर्याएको छ।’ उनले भने-‘यो पुरस्कार हाम्रो सामूहिक प्रयासको मूल्यांकन हो र यसले हामीलाई अझ उच्च लक्ष्य प्राप्तिका लागि प्रेरित गरेको छ।”
यस पुरस्कारले टान गण्डकीलाई भविष्यमा अझ उत्कृष्टता हासिल गर्न र गण्डकी प्रदेशको पर्यटन क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अझ माथि पुर्याउने प्रेरणा दिने उनकाे विश्वास छ ।