पोखरामा दोस्रो यामबहादुर थापा स्मृति फुटसल प्रतियोगिता आयोजना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा ४ स्थित खेलकुद विकास मञ्च पोखराले आगामी माघ ११ र १२ गते दोस्रो संस्करणको ‘यामबहादुर थापा स्मृति ६ ए साइड एमेचर फुटसल प्रतियोगिता’ आयोजना गर्न लागेको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नं. १८ बाट प्रतिभावान खेलाडीहरुको विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगितामा ३० भन्दा बढी टिमले सहभागिता जनाउने मञ्चका अध्यक्ष विक्रम थापाले (म्याक्सवेल) जानकारी दिए। उनले भने, “हामीले पोखराका युवा खेलाडीहरुलाई उत्कृष्ट प्लेटफर्म उपलब्ध गराउने उद्देश्य राखेका छौं र यस प्रतियोगिताले उनीहरूको क्षमता प्रकट गर्न मद्दत पुर्याउने छ।”

प्रतियोगिता पोखरा स्थित पैयुम स्पोट्र्स सेन्टर, हस्पिटलचोकमा हुनेछ। विजेतालाई नगद ६० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। दोस्रो स्थान प्राप्त टिमलाई ३० हजार रुपैयाँको नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ।

यस प्रतियोगिता मार्फत फुटसलको लोकप्रियता बढाउनु र पोखरामा खेलकुदको विकासमा योगदान पुर्याउनु मञ्चको मुख्य लक्ष्य रहेको अध्यक्ष थापाले बताए।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्