अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः शुक्रवार प्रि–क्वाटरका खेल हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्न भएका छन् ।

पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा आयोजक नेपाल मुस्लीम युवा समिती  (एनएमवाइसी) (ए), रामघाट (ह्वाइट), माछापुच्छ«े त्रिशतmी, स्लामिक कल्याण्कारी ( ह्वाइट), पोखरा जब्स्, ए–७ र आयोजक नेपाल मुस्लीम युवा समिती  एनएमवाइसी एफसी (बी) प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

एनएमवाइसी (ए)ले न्युरोड एफसीलाइ ४– ० को फराकीलो अन्तरले पराजित गदैँ खेल जितेको हो । यस्तै नमुना एफसीलाई ०–१ गोल गदैँ रामघाटले कठिन जित निकाल्दा माछापुच्छ«ेले रंगशाला गु्रपलाई २–० को सहज जित निकाल्यो ।

यस्तै अर्को खेलमा स्लामिक कल्याणकारीले  गन्नी एफसी (निलो) लाई ३–२ को अन्तरले पराजित गर्यो । एनइपी पोखरा टिम मैदानमा उपस्थित नहुदाँ  पोखरा जब्स् स्वतः प्रि–क्वाटरमा प्रवेश गर्यो । ए–७ टिमले एनके फुटबल क्लवलाई २–० को अन्तरले पाराजित गर्दा एनएमवाइसी एफसी (बी)ले मसिना बगर एफसीलाई पन्छाउदैँ ३–० को सहज जित निकाल्यो ।

बिहिबार दोस्रो राउण्डमा खेल सकिए सगै प्रि–क्वाटर खेल्ने १६ टिमको टुंगो लागेको आयोजक समितिका शम्सुल हकले जानकारी दिए ।  शुक्रबार प्रि–क्वाटरका खेल हुने छन् ।प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् ।

यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्