अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल: आइतबार रोमाञ्चक फाइनल खेल हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्तिम चारमा पुग्ने टिमको टुन्गो लागेको छ ।

शनिवार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका क्वाटरफाइनलका खेलबाट अन्तिम चार टिमको टुन्गो लागेको हो ।लिभिक एफसी, रामघाट (सेतो), एन. के एफसी (बी), र एनएमएमसी (ए) फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा एन. केले रामघाटको सामाना गर्ने छ । भने एनएमवाइसी (ए)ले लिभिकको सामाना गर्ने छ ।ए–७ लाई ट्राइवेकरमा ८–७ को गोल अन्तरले पराजित गदै लभिकले सेमिफाइनलको यात्रा पक्का गरेको हो । रामघाटले मुस्लिम कल्याणकारीलाई १–० ले पराजित गर्दा ट्रेकर्स  एफसीलाई शून्यका विरुद्ध १ गोल गदै रामघाटले फाइनलको यात्रा तय गर्यो ।

यस्तै आयोजक एनएमवाइसीले (ए)ले आयोजकको अर्को टिम एनएमवाइसी (बी) लाई ३–० को सहज जित निकाल्दै फाइनलमा पुग्यो ।आयोजक समितिका सदस्य शम्सुल हकका अनुसार आइतबार सेमिफाइनल र फाइन खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।

नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म फाइनल खेल हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्