२४औं आहा रारा गोल्ड कप: नेपाल पुलिस क्लबको विजयी सुरुआत,क्वाटरफाइनलमा प्रवेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा आजदेखि सुरु भएको २४औं आहा रारा पोखरा गोल्ड कपमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लब पोखरा लाई १–० को चुनौतीपूर्ण खेलमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो।

खेलको ३६औं मिनेटमा नेपाल पुलिस क्लबका उज्वल राईले निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजय दिलाए। यस गोलसँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो र अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा प्रतिस्पर्धा गर्नेछ।

खेलको सम्पूर्ण समय निकै रोचक र तनावपूर्ण थियो। सहारा क्लब पोखराले आक्रमण गर्ने प्रयास गरे पनि, नेपाल पुलिस क्लबका गोलकिपर र डिफेन्डरहरूले बललाई गोलपोष्टसम्म जान दिन्न। नेपाल पुलिस क्लबको ट्याक्टिकल खेल र बल नियन्त्रणले सहारा क्लब पोखरालाई सफल आक्रमण गर्न गाह्रो बनायो। अन्ततः उज्वल राईको ३६औं मिनेटमा गरेको गोलले खेलको फैसला गर्यो र नेपाल पुलिस क्लबले १-० को जित हासिल गर्यो।

आजको जितले नेपाल पुलिस क्लबलाई आत्मविश्वास प्रदान गरेको छ र आगामी खेलहरूको लागि राम्रो तयारीको संकेत दिन्छ। अब उनीहरूले २६ माघमा ब्रिगेड ब्वाइज क्लब युकेसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

भोली बुधबार, ५ माघमा एपीएफ एफसी र मछिन्द्र एफसी बीचको महत्त्वपूर्ण म्याच हुनेछ। यस खेलले प्रतियोगितामा थप रोमाञ्चकता ल्याउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्