हिमालयन बोर्डिङ स्कुल र एल.पी. देवकोटा स्कुलको रोमाञ्चक फाइनल: वडा अध्यक्ष कप उपाधिका लागि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अब समापनको नजिक पुगेको छ। शनिबार, फेब्रुअरी ८ का दिन, उपाधिका लागि एक शानदार भिडन्त हुनेछ जसमा हिमालयन बोर्डिङ स्कुल र एल.पी. देवकोटा स्कुलले एक आपसमा प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगिता पोखराको ड्याम साइड क्लबको आयोजनामा गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा भइरहेको हो। शनिबारको फाइनल खेल दिउँसो १२ बजे सुरु हुने जानकारी क्लबका अध्यक्ष रमेश प्रसाद बरालले दिए।

आज (शुक्रबार) सम्पन्न सेमिफाइनल खेलमा दुवै बिद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल स्थान पक्का गरेका छन्। एल.पी. देवकोटा मेमोरियल स्कुलले जानकी माविलाई १–० को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस जितमा साजिन क्षेत्रीले निर्णायक गोल गरे र प्रिन्स गुरुङ म्यान अफ दी म्याच घोषित भए।

अर्को सेमिफाइनलमा, हिमालयन बोर्डिङ स्कुलले ढुंगेसाँघु बोर्डिङ स्कुललाई ५–० को गोल अन्तरले पराजित गर्दै उपाधिको नजिक पुगेको छ। हिमालयन स्कुलको जितमा संगम गुरुङले ह्याट्रिक गरेर म्यान अफ दी म्याचको उपाधि जिते भने रितेस आले र रिजन गुरुङले एक, एक गोल गर्दै टिमलाई जित दिलाए।

शनिबारको प्रतियोगिताको तेश्रो स्थानको लागि जानकी मावि र ढुंगेसाँघु बोर्डिङ स्कुल बिच बिहान ८:३० बजे प्रतिस्पर्धा हुनेछ। त्यसपछि, पोखरा १७ का जनप्रतिनिधि र क्लबका सदस्यहरूको बीच मैत्रिपूर्ण फुटबल खेल हुनेछ।

पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सञ्चालन भइरहेको यो प्रतियोगिता शनिबार समापन हुनेछ। विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुने टिमले १० हजार र शान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले ५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो प्रतियोगिता फुटबलप्रेमीका लागि एक उत्सवको रूपमा परिणत भएको छ र शनिबारको फाइनल खेलको लागि उत्साह चरम सीमा पारिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्