खेलकुदसँग जोडिदै वेगनास युवा क्लव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । वातावरण र सरसफाईलाई सगसगै लिएर हिडेको पोखरा ३१ को वेगनास युवा क्लव खेलकुदसँग पनि जोडिएको छ ।

कोभिड पछि रोकिएको वेगनास कपलाई यस वर्ष निरन्तरता दिने गरि वेगनास युवा क्लवले विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता गर्न लागेको हो ।

वि स २०४७ सालमा स्थापना भएको वेगनास युवा क्लवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायत तयारीका लागि विभिन्न उप समितिहरु मार्फत कामलाई तिव्रता दिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिएका छन् ।

युवालाई लगानी गरौं भन्ने सोचलाई मुर्त रुप दिनका लागि सुस्ताएको खेललाई निरन्तरता दिने गरि तेश्रो संकरणको सेभन ए साईड फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक बिज्ञान कोईरालाले वताए ।

प्रतियोगिताको विजेता समुहले रु एक लाख २५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५÷५ हजार प्राप्त गर्नेछन् भने अनुशासित टिमले रु आठ हजार प्राप्त गर्नेछ ।

वेगनासताल वाँध किनारामा रहेको वेगनासताल खेल मैदानमा पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि गर्न लागिएको प्रतियोगितामा करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको संयोजक कोईरालाले जानकारी दिएका छन् ।

प्रतियोगिता संचालन गर्न रु ९ लाख ५० हजार खर्च लाग्नेछ भने करिव १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट वचत हुने रकमबाट खेल मैदान मर्मत, क्लवका सदस्यहरुको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवर्धन गर्न खर्च गरिने भएको छ ।

प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षकको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० को कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ र आदर्श युवा क्लव रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्