वडाध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पूरा  

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा हुने वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको  तयारी पुरा भएको छ । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ वडाबाट सहभागिता रहने वडाध्यक्ष बोधबाहादुर कार्कीले जानकारी दिए ।

यही फागुन २२ देखी २४ गतेसम्म पोखरा महानगरपालिका वडानम्बर १४ मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेल मैदानमा खेल संचालन हुने छ ।  पोखरा महागरका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्याटन गर्ने मनोहर युवा क्लवका अध्यक्ष तथा प्रचारप्रसार संयोजक रामजी जिसीले जानकारी दिए ।

खेलकुद विकास समिति पोखरा १४ का अध्यक्ष शिवशंकर जिसीले प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले  २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने जानकारी दिए ।त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।टिम दर्ताका लागि ७ हजार पाँच सय शःुल्क लाग्ने प्रचारप्रसार उपसमितिका संयोजक जिसीले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुने टिमले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना समावेस गर्न सक्नेछन् भने अन्य खेलाडी सबै वडाको स्थाइ वासिन्दा वा मतदाता हुनुपर्ने छ ।प्रतियोगिता सम्पन्न गर्न १६ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्