नवौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई विदेशबाट सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन विदेशबाट समेत सहयोग प्राप्त भएको छ । पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, बेलायतलगाएतका देशमा रहेका खेलप्रेमी व्यक्ति एवं संस्थाबाट सहयोग प्राप्त भएको हो । तमुु धिं युुकेबाट ट्रफि प्रायोजनस्वरुप ५० हजार रुपैयाँ, साहारा हङकङबाट २५ हजार रुपैयाँ, बिजे एकेडेमी पोखराका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक बसन्त गौचनबाट ११ हजार रुपैयाँ, मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने हाल जापानबाट १५ हजार रुपैयाँ, फिट नेपालका सञ्चालक भुगोल गुरुङबाट १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी अमेरिकाबाट पूर्ण बहादुर पाइजा मगर बर्दिया हाल अमेरिकाबाट १ सय १ डलर, इन्द्रमान बुढा मगर बाग्लुङ तमानखोला हाल अमेरिकाबाट १ सय डलर, महेन्द्र थापा पर्वत फलेबास थापाथाना हाल अमेरिकाबाट ५५ डलर सहयोग प्राप्त भएको हो । मञ्चका अन्तर्राष्ट्रिय समन्वय उपसमितिका संयोजक तथा मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बरालले सहयोगि प्रति धन्यवाद व्यक्त गरे । खेल क्षेत्र विकास र खेलाडीको प्रोत्साहन गर्न आयोजित अवार्ड कार्यक्रममा साथ र सहयोगको लागि पनि उनले आग्रह गरे ।

अवार्ड कार्यक्रम आज (शुक्रबार) पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे हुुदैछ । अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गरिने मञ्चका अध्यक्ष एमबि आस्था मगरले बताए ।

त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवती खत्री केसी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट बिजय नेपाल सम्मानित हुने यसअघिनै घोषणा भइसकेको छ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ताम्रपत्र, दोसल्ला प्रदान गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्नेछ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने साँस्कृतिक कार्यक्रम उपसमिति संयोजक राजाराम पौडेलले बताए । शुक्रबार हुने कार्यक्रम एबिसी टेलिभिजन, पब्लिक टेलिभिजन र फेवा टेलिभिजनले प्रत्यक्ष प्रसारण हुने मञ्चले जनाएको छ ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद र पोखरा महानगरपालिकाको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकी प्रवद्र्धक रहेको छ । त्यस्तै टेल्जी स्कुटर, बुम¥याङ रेष्टुरेण्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हिमश्री फुड्स प्रालि, सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, तमु धिं युके नेपाल, अन्नपूर्ण गाउँपालिका कास्की, निट डेन्टल केयर प्रालि, मादी गाउँपालिका कास्की, सिटीजन फर्निचर, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, एन्फा गण्डकी, भूतपूर्व खेलाडी मञ्च नेपाल, रुपा गाउँपालिका कास्की, सुजन कुमार शिल्पकार (अष्ट्रेलिया), मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, जिल्ला एथ्लेटिक्स संघ कास्की, सहारा युके, पूर्णबहादुर पाइजा (अमेरिका), इन्द्रमान बुढामगर (अमेरिका), महेन्द्र थापा (अमेरिका), दर्शन लामा, फिट नेपालका प्रमुख भुगोल गुरुङ, पोखरा पिज्जा हाउस, भूपू बक्सिङ संघ पोखरा, सोल्टी पिउने पानी,द यात्रा कर्टयार्ड होटल, जिल्ला खेलकुद विकास समिति, माछापुच्छ्रे गाउँपालिका कास्की, गण्डकी गाउँपालिका स्याङजा, मारवाडी भोजनालय, मुस्ताङ लेते थकाली किचन, होटल टास्क इन्टरनेशनल, वालिङ नगरपालिका, अन्नपूर्ण गाउँपालिका म्याग्दी, क्रसरोड थकाली किचन, पोखरा महानगरका विभिन्न वडा कार्यालय, यती एयरलाईन्स र वल्र्ड लिङ्कलगाएत सहयोगी रहेको मञ्चले जनाएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्