शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

शारजाह । युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। शक्तिशाली टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई २० रनले हराउँदै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको हो।
शारजाह क्रिकेट स्टेडियममा हजारौं समर्थकको उपस्थितिमा सम्पन्न खेलमा नेपाली टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई स्तब्ध पारेको हो।

पहिलो ब्याटिङ गर्दै नेपालले २० ओभरमा १४८ रनको लक्ष्य खडा गर्‍यो। जवाफमा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। नेपाली बलरहरूले लगातार दबाब सिर्जना गर्दै विपक्षीलाई खेलमा फर्किन नै दिएनन्।

पुरस्कार वितरणमा उजूबा ब्यूटी क्लिनिकको योगदान
खेलपछिको पुरस्कार वितरण कार्यक्रममा “उच्चतम विकेट लिने खेलाडी” लाई विशेष पुरस्कार प्रदान गरियो। उक्त पुरस्कार उजूबा ब्यूटी क्लिनिकका संचालक श्री प्रकाश कार्कीले हस्तान्तरण गरे ।

“राष्ट्रिय टोलीलाई समर्थन गर्न पाउनु गौरवको कुरा हो,” कार्कीले भने, “खेलको विकासमा व्यवसायीक सहकार्य आवश्यक छ, र हामी यस यात्रामा साथ दिन सदैव तयार छौं।”

उनको भनाइले व्यवसायी क्षेत्र र खेलकुदबीचको सहकार्यलाई अझ बलियो बनाएको छ। सिरिजको दोस्रो खेल आगामी सोमबार (सेप्टेम्बर २९) शारजाह क्रिकेट स्टेडियममै हुनेछ। नेपाल यो लयलाई कायम राख्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ भने वेस्ट इन्डिज बराबरीको खोजीमा मैदान उत्रिनेछ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्