क्षत्री समाज नेपाल पोखराले क्षत्री दिवस मनायाे

  • ख-
  • ख+

पाेखरा । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति पोखराले एक कार्यक्रम गर्दै बडा दशैं २०७८ को सुरुवात अर्थात् घटस्थापना तथा क्षत्री दिवस मनाएकाे छ ।

दिवसकाे अवसरमा समाजको प्रधान कार्यालयमा दुर्गा मन्दिर स्थापनार्थ शिलान्यास गरिएकाे छ ।

कार्यक्रममा बाेल्ने वक्ताहरुले समाजले गरेका कुराहरु आउने पर्वहरुको पनि सबैले जगेर्ना गर्नुको साथै हामीमा एकता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर क्षत्री, क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष  कृष्णबहादुर थापा, गण्डकी प्रदेश प्रमुख बेणिबहादुर बस्नेत,जिल्लाका उपाध्यक्ष इन्द्रबहादुर थापा लगायतले बाेलेका थिए ।

जिल्ला बरिष्ठ उपाध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन जिल्ला सचीव भरत थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्