
पाेखरा । अहिलेकाे समयमा अधिकांश नागरिक साक्षर भए पनि मिडिया साक्षर तथा मिडियाप्रति सचेत हुन नसकेकाे एक कार्यक्रमका सहभागिहरुले आैंल्याएका छन् ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकाे आयाेजना, ईन्टरनेशनल अलर्ट र नेपाल पत्रकार महासंघ कास्की शाखाकाे संयाेजन तथा युराेपियन युनियनकाे सहयाेगमा सम्पन्न भएकाे मिडिया जवाफदेहिता सम्वन्धी सार्वजनिक संवाद कार्यक्रमका सहभागिहरुले यस्ताे बताएका हुन् ।
आवाज विहिनकाे आवाज वन्ने राज्यकाे चाैंथाें अंगकाे रुपमा मानिएकाे सञ्चार क्षेत्रलाई पछिल्लाे समयमा आम नागरिकले साेसल मिडियासरह हेरेकै कारण मिडियामाथि नै प्रश्न उठाईएकाे कार्यक्रममा बताईएकाे छ । तसर्थ मिडिया र साेसल मिडियामा आएका समाचार सूचना कुन सत्य हुन भनेर बुझ्नकाे लागि मिडिया साक्षर तथा सचेत हुन जरुरी रहेकाे सहभागिकाे निश्कर्ष छ ।
साथै मिडियाले पनि दुरदराजका समाचार, गाेपनियतालाई ख्याल गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार, महिलामैत्री समाचार सम्प्रेषण गरेमा अझ मिडियाकाे प्रभावकारीता बढ्ने सहभागिकाे सुझाव समेत छ ।
कार्यक्रममा पत्रकारहरु पुण्य पाैडेल, दिपेन्द्र श्रेष्ठ, रमेश पाैडेल, सन्ताेष पाेख्रेल, महिला तथा मानव अधिकारकर्मीहरु सवनव शर्मा, केशु भुजेल लगायतले आआफ्ना कुरा राखेका थिए ।
कार्यक्रममा राजनीति क्षेत्र, सञ्चार क्षेत्र, एनजिओ, आईएनजिओमा आवद्व व्यक्तिहरु, महिला अधिकारकर्मीहरु लगायतका क्षेत्रबाट गरि करिव ४० जनाकाे सहभागिता रहेकाे थियाे ।
मंगलवार पाेखरामा सम्पन्न कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीकाे अध्यक्षतामा भएकाे हाे ।