
काठमाण्डाैं । काठमाडौं विश्वविद्यालयमा हल्ट पुरस्कार २०२२/२३ को सुरुवात भएकाे छ ।
हल्ट पुरस्कार एक वार्षिक सामाजिक उद्यमशीलता प्रतियोगिता हो जसले विद्यार्थीहरूलाई दवावपूर्ण सामाजिक समस्या समाधान गर्न योगदान पुर्याउने र नाफा कमाउन सक्षम पर्याप्त व्यापारिक विचारहरू सिर्जना गर्न चुनौती दिन्छ।
काठमाडौं विश्वविद्यालयमा हरेक वर्ष आयोजना हुने हल्ट प्राइज अनक्याम्पस इभेन्ट यस वर्ष ‘रिडिजाइनिङ फेसन ’ भन्ने नाराका साथ सुरु भएको छ ।
यस वर्षको थिमले फेसन/कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्न चुनौती दिन्छ।
प्रतियोगिता काठमाडौं विश्वविद्यालयका कुनै पनि विद्यालय र सम्वद्ध कलेजका स्नातक, स्नातकोत्तर, एमफिल, र पीएचडीका विद्यार्थीहरू र रचनात्मकताका लागि खुला गरिएको छ।
यस मंचमा प्रस्तुत हुने विचारहरुले मानव र पृथ्वीमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्नुपर्छ र संयुक्त राष्ट्र संघका १७ दिगो विकास लक्ष्यहरूलाई २०३० को समयसीमा भित्र पूरा गर्न समर्थन गर्नुपर्दछ।
कार्यक्रमको नेतृत्व क्याम्पस निर्देशक श्री हेरिज़ विष्ट र उनको ३० सदस्यीय आयोजक समितिले गर्नेछ ।
अन क्याम्पस हल्ट कार्यक्रम आयोजना गर्ने नेपालको पहिलो विश्वविद्यालय पनि काठमाडौं विश्वविद्यालय हो।