फोटो पत्रकार संघ कास्कीमा पौडेल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन् ।

संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए ।

यस्तै सदस्यहरुमा अषेश शाक्य र संजय शाक्य निर्विरोध भए । ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने निर्वाचन समिति संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संस्थाको गरिमालाई ध्यान दिंदै चलायमान बनाउँदै जाने बताए । फोटो पत्रकारका समस्या समाधानका लागि सधैं लागिपर्ने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम पौडेलले नयाँ कार्यसमितिले फोटो पत्रकारको हितमा काम गर्नुपर्ने बताए । द्वन्द्वका समयमा फोटो पत्रकारको हक हित र रक्षाका लागि खोलिएको संस्थाले अब पनि सोही कार्यलाई निरन्तरता दिनुपर्ने औंल्याए । फोटो पत्रकारहरु अब क्याप्सन र समाचार लेखनमा पनि लाग्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सल्लाहकारहरु राम गुरुङ, कृष्णमणी बराल, इन्द्रप्रसाद पौडल निवर्तमान अध्यक्ष प्रदिप पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य सुनिल पाण्डे लगायतले मोवाईलको जमानामा थपिएको चुनौतीलाई चिर्दै व्यावसायीकता तर्फ लाग्न सुझाब दिएका थिए । कार्यक्रममा संस्थामा भएगरेका गतिविधि तथा प्रगती बिवरण अध्यक्ष प्रदिप पौडेलले प्रस्तुत गरेका थिए भने कार्यक्रममा धन्यवाद मन्तब्य उपाध्यक्ष नारायण आचार्यले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्