आनन्दित गृहकाे अध्यक्षमा पुन: डा. शाक्य

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
आनन्दित गृह नेपाल पाेखरा १२ काे अध्यक्षमा पुन: डा यज्ञमान शाक्य चयन भएका छन् ।

संस्थाकाे शनिवार सम्पन्न नवाैं साधारण सभा तथा पाँचाै अधिवेशनले शाक्यकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्ष डा. पदमबहादुर खड्‌का महासचिवमा रोमा कुमारी राउत शाक्य,कोषाध्यक्षमा मेजरमान बज्राचार्य चयन भएका छन् भने सदस्यहरुमा छविलाल गौडेल,शुशिला खनाल र मेशलाल ताम्राकार चयन भएका छन् ।


आनन्दित गृह नेपाल एक गैह्रसरकारी नाफारहित संस्था हाे । याे जि.प्र.का. कास्की ३१२६ / २०७० मा दर्ता भई, २०७० कार्तिक २६ गते देखि पो म.न.पा. १२ माटेपानीमा संचालन हुदै आएको छ ।

जहाँ ज्येष्ठ नागरिक (वृद्ववृद्वा तथा असाहय) हरुको शारीरिक, मानोसामाजिक, आध्यात्मिक तथा आर्थिक समस्याहरुलाई मध्यनजर गरी बहुपक्षिय सेवा र सुविधाहरु प्रदान गरी गुणस्तरिय, अर्थपूर्ण तथा खुशीमय सम्मानित जीवनयापन गर्न मदत पुरयाउदै आइरहेको छ ।


साथै संस्थाका निर्णयहरु प्रमाणित गर्न दुई सदस्यीय समिति बनाईएकाे छ । जसमा वरिष्ठ सम्मानित सदस्य भिमलाल लामिछाने र गिरा पन्त काेईराला रहेका छन् ।

यसअघि साधारणसभाकाे उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि पाेखरा १२ का अध्यक्ष प्रमुख अतिथि सन्तोष बास्ताेलाले सरकारले वृद्ववृद्वाकाे संरक्षणका लागि नीति बनाए पनि कार्यान्वयन फितलाे भएकाे बताउँदै नीजि सेक्टरबाट गरेकाे कामकाे प्रशंसा गरे । साथै आफ्नाे र वडाकाे तर्फबाट सक्दाे सहयाेग गर्ने वचन दिए ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्