अनलाइन पत्रकारिता तालिम सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ ।

सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए ।

मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाइ सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ संगसंगै जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार नआइ जहाँ विकट छ त्यहाँ पत्रकारको आँखा जानुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले पछिल्लो समयमा अनलाइन पत्रकारीताको महात्व बढेको बताइन । नेपाल पत्रकार महासंघ गण्डकीकामहासचिव गोविन्द सुबेदीले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा लगेको विद्ययक पत्रकार अनुकुल नभएको बताए । अन्य विधामा रहेका पत्रकार पनि अनलाइनमा आनुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कोभिड १९ पछीको समयमा नेपालमा अनलाइन पत्रकारिताको महत्व बढेको बताए ।

प्रशिक्षक केशव शरण लामिछानेले पत्रकार अनलाइनमा जान नसेको पत्रकारीता नै नरहने बताए ।

प्रशिक्षक भरत कोइरालाले अहिले मिडिया संक्रमण कालिन अवस्थामा रहेको जानकारी दिदै प्रदेश सरकारले मिडिया सम्बन्धी कानुन बनाउन ढिलो गरेको धारणा राखे ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले आगामी दिनमा पनि यस्ता तालिम संचालन गर्दै जाने बताए । अनलाइन पत्रकार संघ गण्डकीका उपाध्यक्ष सन्तोष बस्यालले मिडियालाई स्तरीय बनाउन तालिमको आयोजना गरेको बताए ।

शनिवार भरत कोइरलाले कन्टेन्ट राइटिङ र केशव शरण लामिछानेले डिजिटल जर्नालिजमको विषयमा प्रशिक्षण गराएका छन् । आइतबार दिपक अधिकारी तथ्यजाँच सम्बन्धी प्रशिक्षण गराउने छन् ।

सोमबार प्रेस काउन्सिलका अधिकृत रामशरण बोहराले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण गराउने छन् ।तालिममा ४० भन्दा बढि पत्रकार सहभागी भएका छन् ।
यसैबीच शनिबार बाट नै अनलाइन पत्रकार संघ गण्डकीले संघको वेभसाइट www.onlinejournalist.org.np  शुभारम्भ गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्