
पोखरा ।
मन्टेश्वरी दिदीवहिनी क्लव पोखराले पोखरा २६ मा रहेको लक्ष्मी मा.वि.लाई ३० हजार रुपैयाँ बरावरको १२५ वटा चकटी सहयोग गरेको छ । लक्ष्मी मा.वि. बाल विकास कक्षा लगायत कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा अध्ययन गर्दा वसाईमा सहज होस भनी क्लवले चकटी सहयोग गरेको क्लवकी अध्यक्ष रेखा जि.सीले बताईन् ।
आफूले सोही विद्यालयमा अध्यापन गर्दै आएकी जि.सीले विद्यार्थीहरुको बसाईमा असहजता भएको महसुस गरी क्लवको तर्फबाट सहयोग गरेको बताईन् ।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले विद्यालयको आवश्यकतालाई बुझि सहयोग गरेकोमा सहयोगी क्लवलाई धन्यवाद दिदै चकटीको सही उपयोग गर्ने प्रण गरे ।
विद्यालय व्यवस्थावन समितिका सदस्या तिलकशाली सापकोटा सहयोगी मनहरुप्रति आभार व्यक्त गरे । २०६८ सालमा स्थापना भएको यस दिदीबहिनी क्लवमा १५ जना आवद्ध छन् । क्वलले आवश्यकताका आधारमा समय समयमा सामाजिक कामहरु गर्दै आएको छ ।