पर्यटन प्रवर्द्वन गर्न पाेखरा ५ का युवाहरुकाे ल्वाङमा घरवास कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्वन गर्ने आपसी भाईचाराकाे सम्वन्ध  स्थापित गर्ने उद्देश्यले पाेखरा ५ का युवाहरुले ल्वाङमा घरवास कार्यक्रम गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं -५ का सम्पुर्ण दाजुभाइहरुका विच आत्मियता साटासाट तथा एकता कायम गर्ने साथै पर्यटन प्रवर्द्वन गर्ने अभिप्रायले १ रात २ दिने  घरवास कार्यक्रम माछापुच्छ्रे गाउँपालिका वडा नं -८ को ल्वाङमा सम्पन्न गरेका हुन् ।

कार्यक्रममा डा.त्रिभुवन बरालले यस्ता कार्यक्रमलाई अझै वृहत रुपमा गर्नुपर्ने साथै सामाजिक रुपमा सक्रिय रहन कार्यक्रमले सबै लाइ अभिप्रेरित गर्ने बताए ।

त्यसै गरी वडा नं -५ का अध्यक्ष विष्णुप्रसाद बरालले  मनोरञ्जनका लागि मात्र नभएर वडाको सर्वाङ्गीण विकासमा समेत सहभागिता राख्ने प्रतिनिधि पात्रहरु यस्ता कार्यक्रममा जुट्नुले वडा कार्यालयका कतिपय कुरामा सहजिकरण गर्न अझ थप सहज हुने विश्वास व्यक्त गरे ।

 रिजनल हस्पिटल जिरो कि. मि का सन्चालक राजाराम शाहीले वडामा यस्ता जमघट खालि राजनीतिक सभा ,जुलुस वा व्यापारिक हिसाबले मात्र नभइ पारस्परिक सहयोग र परिचयका लागि पनि निरन्तरता दिइनुपर्नेमा जोड दिए।

कार्यक्रमका संयोजक लक्ष्मण बरालका अनुसार एउटै भुगोलमा बसोवास गरिरहदा पनि दुख: मा सुखमा एक अर्काको परिचय नभएको कारणले परेको असहजतालाई न्युनिकरण गर्न  आपसी भाइचारा र सम्बन्ध स्थापित गर्न एवं वडा नं -५ पर्यटकिय ठाउँ लेकसाइड सगँ सिमाना जोडिएको छिमेकी वडा भएकोले आफ्नो वडा मा  पनि पर्यटनको सम्भावनाको खोजी साथै आन्तरिक पर्यटनलाई पनि टेवा दिने हेतुले गरिएको यस्तै कार्यक्रम गत बर्ष पोखरा-२२ वराङमा गरिएको जानकारी दिए ।

कार्यक्रममा ५ नम्वरको भुगोल जिरो कि. मि देखि लभ्लिहिलसम्मका व्यक्तिहरुकाे प्रतिनिधिमुलक सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्