तनहुँ । डुम्रे साँकृतिक यूवा परिवार तनुहँले बन्दिपुर ६ मा आयोजना गरेको निशुल्क आखा शिविरमा १ सय ५० जनाले आखा परिक्षण गराएका छन ।
वन्दिपुर ६ स्थित अरुण मावि हट्टियामा आयोजना भएको निशुल्क आखा शिविरमा आवश्यक पर्ने सबैलाई औषधी र चश्मा पनि निशुल्क प्रदान गरिएको संयोजक शम्भु श्रेष्ठ बताए ।
उक्त कार्यक्रममा हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र बन्दिपुर अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
प्रमुख अतिथि बन्दिपुर गाँउपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले स्वास्थ्य प्रति स्थानिय सरकार सदैब सचेत रहेको बताउदै यस्ता कार्यक्रममा बन्दिपुर गाँउपालिका सदैव हातेमालो गर्न तयार रहेको बताइन ।
कार्यक्रममा सोहि वडाका वडाध्यक्ष बल बहादुर गुरुङले बन्दिपुरको वडाहरुमा आफ्नो वडा पिछ्डिएको वडा रहेको बताउदै डुम्रे साँकृतिक यूवा परिवारले आँखा जस्तो अति महत्वपुर्ण शिविर आफ्नो वडामा आयोजना गर्देकोमा खुशि व्यक्त गरे ।
कुसुम स्मृति क्लवका अध्यक्ष सुनिल दर्जीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डुम्रे साँस्कृतिक यूवा परिवारका पूर्व अध्यक्ष राजेश पिया, समाजसेवी नमस्ते लाल भुमि,नविन गुरुङ लगायतले बोलेका थिए ।
डुम्रे साँस्कृतिक युवा परिवारका पूर्व कोषाध्यक्ष दिक्पाल श्रेष्ठ, सदस्य धुर्व श्रेष्ठ, अर्जुन बसियाल, प्राविधिक पल्वि सुल्पि, शशि रुपा खेती र धर्मराज पौडेलको विशेष सहयोग रहेको संयोजक श्रेष्ठले बताए ।
उक्त शिविरमा ४ जना विरामीलाई थप उपचारको लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको छ ।