पोखरा । लागू औषध सम्बन्धी मुद्दाका फरार प्रतिवादी छावा भन्ने रोशन अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २० भलाम वस्ने २७ वर्षीय अधिकारी जिल्ला अदालत कास्कीको गत कार्तिक १७ गतेको फैसलाले लागू
औषध सम्बन्धी मुद्दामा २ वर्ष ६ महिना कैद सजाय, रु.१,०६,०००।– जरिवाना र पीडित राहत कोषमा रु.४,२४०।– दाखिला गर्नु पर्ने फैसला भएका फरार प्रतिवादी हुन् ।
निजबाट २ वर्ष १ महिना २५ दिन कैद सजाय र जरिवाना र पीडित राहत कोषको समेत गरी जम्मा रु.१,१०,२४०।– जरिवाना भुक्तान गर्न बाँकी छ ।
पक्राउ परेका अधिकारीलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको छ ।