गण्डकी पारा खेलकुद चैत्र ७ र १० गते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा पारा खेलकुद चैत्र ७ र १० गते हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सञ्चालन हुने पारा खेलकुद अन्तर्गत ९ खेल समावेश गरिएको प्रदेश खेलकुद परिषदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिएका हुन् ।

प्रतियोगितामा बहुअपाङ्गता बोसिया खेल, बौद्धिक अपाङ्गता दौड, मनोसामाजिक दौड र म्यूजिकल चियर, अटिजमका लागि सफ्टबल, बहिरा महिला ब्याडमिन्टन, बहिरा पुरुष भलिबल, सारीरिक अपाङ्गता महिला टेनिस, सारिरीक अपाङ्खता पुरुष ह्विल चियर बास्केटबल, दृष्टिविहिनतर्फ महिला र पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जनाउँदै संयोजक बरालले सबै खेलमा महिला र पुरुष गरी २१७ जना खेलाडीहरुको सहभागिता हुने जनाएका छन् ।

प्रदेश खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने प्रतियोगितामा पुरस्कार राशीमा ३ लाख नगद खर्च हुने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्