काेईराला समाज महिला सशक्तीकरण उपसमितिद्वारा तीजकाे शुभकामना आदानप्रदान 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । काेईराला समाज महिला सशक्तीकरण उपसमिति पाेखराले नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ ।

कार्यक्रम शुभारम्भ गर्दै वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व भएको बताइन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको भन्दै उनले संस्कार र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा काेईराला समाजका केन्द्रिय उपाध्यक्ष तथा कोइराला सेवा समाज कास्कीकाे सल्लाहकार राजेन्द्रनिधि कोइरालाले नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेको बताए ।

कार्यक्रममा कोइराला सेवा समाज नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष कृष्णप्रसाद कोइराला , पत्रकार कन्चन कोइरालाले  धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र  तीज गित मार्फत महिला स्वतन्त्रता , सशक्तीकरण र उद्यमशीलका कुरालाई जोड दिनुपर्ने बताए ।

काेईराला समाज महिला सशक्तिकरण उपसमितिका अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन समितिका सचीव तारा कोइराला र स्वागत उपाध्यक्ष शान्ति कोइरालाले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्