६ वर्षपछि ‘मिस पाेखरा’लाई निरन्तरता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

पोखरा जेसीसको आयोजनामा एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । २०१८ पछि रोकिएको मिस पोखराले ६ बर्ष पछि पुनः निरन्तरता पाउन लागेकाे हाे ।

 युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ ईभेन्ट फर यू प्रालिको ईभेन्ट म्यानेजेण्टमा सौन्दर्य प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

असोज १७ गने फाईनल हुने सौन्दर्य प्रतियोगिताको लागि तयारी थालिएको मिस पोखरा २०२४ का संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए ।

मंगलबारदेखि नै खुला भएको आवेदन फर्मको अन्तिम मिति असोज २ गतेसम्म रहेको उनले बताए । सो मितिसम्म १२ उत्र्तीण गरेको र १७ देखी २५ बर्ष सम्मका अविवाहित नारीहरु प्रतियोगितामा सहभागी हुन पाउने कार्यक्रम संयोजक सुनारले बताए ।

उनका अनुसार ३ गते प्रतियोगिताका अडिसन हुनेछ । प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए ।

साथै मिस पोखरा २०२४ ले मिस नेपालमा सिधै सहभागी हुन पाउने समेत शर्माले बताए । उनका अनुसार फस्ट रनरअफले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

त्यस्तै सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन । यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।

अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटो सुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गरिने ईभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए । यस अघि मिस पोखरा २०१८ को उपाधी सारा बजिमयले जितेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्