पोखराका अभिषेक डेभिज कप खेल्न बहराइन जाँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । बहराइनमा हुन गइरहेको डेविस कप टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडी अभिषेक बाँस्तोला बिहीबार काठमाडौँ प्रस्थान गरेका छन् । उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुज कुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् ।

आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् ।

एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो प्रतियोगितामा भाग लिनेछन् । ३–३ राष्ट्रका ५ समूहका विजेताहरू बीच चरणबद्ध रुपमा प्रतिस्पर्धा गराइनेछ । नेपाली टोलीको कोचमा सन्तोष खत्री तथा टिम व्यवस्थापकमा गोपाल ज्ञवाली रहेको नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो ।

त्यसैगरी महिलातर्फ नोभेम्बर २५ देखि ३० तारिखसम्म बहराइनमै हुने बिलीजन कपमा भाग लिन नेपाली खेलाडीहरु अभिलाषा बिष्ट, सुनिरा थापा, स्वस्तिका बिष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धर पनि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्