सिधिङमा गायिका समीक्षा अधिकारीलाई सम्मान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गतेदेखि सिधिङ खेलमैदानमा चलिरहेको साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समीक्षा अधिकारीलाई विशेष सम्मान गरिएको छ।

समीक्षा अधिकारी, माछापुच्छ्रे गाउँपालिकाको गौरव र नेपाली संगीत क्षेत्रकी एक चर्चित गायिका, आफ्नो प्रस्तुतिका लागि सिधिङमा उपस्थित थिइन्। नेपाली संगीतको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाउने अधिकारीलाई समाजमा कलाकारिताको महत्त्वलाई स्वीकार गर्दै सम्मान प्रदान गरिएको हो।

कार्यक्रमको बीचमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले अधिकारीको उपलब्धि र साहसिकताका लागि उनीलाई सम्मान गरे। उनले भने, “उनी जहाँ जहाँ पुग्छिन्, त्यो ठाउँमा माछापुच्छ्रे गाउँपालिकाको प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौं।”

अधिकारीले गायनको क्षेत्रमा सानो समयमा नै उच्च स्थान प्राप्त गरेकोमा आफू गर्वित महसुस गर्दै सम्मानका लागि आयोजक र वडा ९ का सबै सदस्यलाई धन्यवाद दिइन्। “जहाँ पनि, जहाँ गए पनि मेरो जन्मभूमिको माया सधैं साथ रहनेछ,” उनले भनिन्।

त्यसैगरी, सिधिङ खेलमैदानमा भएको भलिबल प्रतियोगितामा वर्षा बीच पनि ५ सेट खेल पुरा गरिएको र समीक्षाको प्रस्तुति द्वारा दर्शकहरूलाई भरपूर मनोरञ्जन प्राप्त भएको क्लबका अध्यक्ष शुक बहादुर तामाङले बताए।

यस प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ८५,००० नगद, द्धितीयलाई रु ५०,००० र तृतीयलाई रु ३०,००० नगदका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

साथै, बैठकमा नृत्य, गायन र हास्य प्रस्तुति समेत राखिएको थियो। ५ गतेसम्म चल्ने यो प्रतियोगिता खेल र सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुनेछ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्