मिस मगर लोक दोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । मिस मगर लोक दोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्बजनिक गरिएको छ । आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समाबेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन ।

मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगितीक कोसेली बजारमा ल्याएकी हुन ।

उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगर बाट सोमबारर सार्बजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन ।

उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छभने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ । रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन ।

गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो । उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छनभने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्