एघारौं पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न

  • ख-
  • ख+

पोखरा ।
एघारौं पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न भएको छ । सुरक्षा बैठकमा विशेष गरी महोत्सवमा स्वास्थ्यको मापदण्डलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारोनाका विरामीहरु वढ्दै गइरहेकाले मेला महोत्सवहरुमा वढी मात्रामा भिडभाड हुने भएकाले स्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्नुपर्ने बताए ।

दर्शकहरुलाई अनिवार्य मास्क लगाउने, महोत्सव स्थलमा सेनीटाइजरको पर्याप्त ब्यवस्था गर्ने, ज्वरो नापेर मात्र महोत्सव स्थलमा प्रवेश गराउने र वढी मात्रामा भीडभाड नगर्न दर्शकहरुलाई अनुरोध गर्न समेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरे ।

पोखरामा पर्यटन प्रवद्र्धन गर्नुपर्छ भन्ने आफुहरुको पनि उद्देश्य रहेको भएतापनि हालको विषम परिस्थितीलाई मध्येनजर गरे अगाडी बढ्न समेत प्रमुख जिल्ला अधिकारी आचार्यले आयोजक कमिटीका पदाधिकारीहरुलाई अनुरोध समेत गरे ।

सो अवसरमा बाेल्दै युनाईटेड क्लवका अध्यक्ष तथा एघारौ पोखरा महोत्सव मुल आयोजक समारोहका संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा स्वास्थ्यको मापदण्डको पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

महोत्सवका सुरक्षा ब्यवस्था उपसमिति संयोजक दिनेश सुनारले सरकारी निकाय र निजी कम्पनीका सुरक्षा निकायहरुको सहयोग रहने भएकाले पोखरा महोत्सव भब्य र सभ्य हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्