लकडाउनका कारण तैमुरको कपाल काटिदिँदै सैफ

  • ख-
  • ख+

मुम्बई – लकडाउनका कारण बलिउड सेलिब्रेटीले घरमा समय बिताइरहेका छन् । प्राय: सधैं व्यस्त रहने कलाकार पनि यतिबेला फुर्सदमा बसिरहेका छन् ।

व्यस्त कलाकारलाई यो लकडाउन घरमा बस्ने अवसर पनि बनेको छ । बलिउड अभिनेता सैफ अली खान पनि परिवारका साथ रमाइरहेका छन् ।

सैफ र करीना कपूर घरमा रमाइलो गरी बिताइरहेका छन् । यतिबेला भने सैफ र करीनाको छोरा तैमुरको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त तस्वीर करीनाले सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् ।

घरमा सैफले छोरा तैमुरको कपाल मिलाइदिएको उक्त तस्वीरमा फ्यानले प्रतिक्रिया जनाएका छन् । तस्वीरमा सैफ हातमा कैंची लिएको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीरलाई लिएर बाबुछोराको प्रेमको समेत चर्चा गरिएको छ । त्यसो त तैमुरको सामाजिक सञ्जालमा अक्सर चर्चा हुने गर्छ ।

लकडाउनका बेला करीनाले घरमा आफ्नो परिवारलाई समय दिन पाएकी छिन् । उनले सामाजिक सञ्जालमा पारिवारिक तस्वीर अपलोड गरिरहेकी हुन्छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्