गिरिकाे भनाईप्रति महासंघकाे आपत्ति

सिटी पोखरा
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले अध्यक्ष विमला भण्डारीलाई प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले दिइएको धम्कीप्रति आपत्ति जनाएको छ ।

महासंघका सहसचिव श्रीराम सिग्देलले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् । खेलकूद पत्रकार मञ्च गण्डकीको अधिवेशन र पदस्थापन कार्यक्रम सम्बन्धमा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले महासंघका अध्यक्ष भण्डारीलाई मध्यरातमा फोन गरेर दिएको धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

गिरीले पत्रकार महासंघको भवनमा आगो लगाइदिएर ध्वस्त पारिदिने धम्की दिएको भन्दै सो धम्की अन्तन्तै निन्दनीय र गैरजिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

गिरीको धम्कीले समग्र पत्रकारको भावनामाथि आघात पुगेको भन्दै विज्ञप्तिमा पत्रकार महासंघको भवन श्रमजीवि पत्रकारहरुको रगत, पसिना र सबै पोखरेलीको साथ र सहयोगबाट बनेको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्